विश्व स्वास्थ्य सङ्गठनको साप्ताहिक रिपोर्टका अनुसार यस हप्ता युरोपेली क्षेत्रमा नयाँ सङ्क्रमित र मृत्युदरमा सबैभन्दा धेरै कमी देखिएको छ । त्यसपछि दक्षिण–पूर्व एशियामा पनि सुधार देखिएको छ । अघिल्लो हप्ता संसारभरी कोरोनाका नयाँ सङ्क्रमित र मृत्युमा कमी देखिएको थियो । यतिबेला सङ्क्रमणका ४१ लाख नयाँ सङ्क्रमित थपिए र ८४ हजारको मृत्यु भएको छ । पछिल्लो हप्ताको तुलना त्योभन्दा अघिल्लो हप्तासँग गर्दा नयाँ भेटिएका सङ्क्रमितमा १४ प्रतिशत र मृत्यु दरमा २ प्रतिशतको कमी आएको छ ।
   अमेरिकी, भूमध्यसागरीय, अफ्रिकी र पश्चिमी प्रशान्त क्षेत्रमा स्थिति लगभग अघिल्लो हप्ताजस्तै रह्यो । पश्चिमी प्रशान्त क्षेत्रमा मृत्युको आँकडामा सबैभन्दा धेरै वृद्धि देखिएको छ जबकी अन्य क्षेत्रमा सुधार आएको छ । अघिल्लो चार हप्तादेखि संसारभरीको स्थिति केही सुध्रिएको देखिएता पनि कोभिड मामिला र मृत्युको संख्या अहिले पनि अत्यधिक धेरै छ । साथै, थुप्रै देश यस्ता छन् जहाँ सङ्क्रमितको संख्या र मृत्युमा बढोत्तरी देखिएको छ । – एजेन्सी