विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसभन्दा पनि द्रतगतिमा सर्ने र अत्यन्त प्राणघातक एउटा भाइरसले विश्वलाईनै आक्रान्त बनाउने चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक गेब्रेयससले उक्त कुराको खुलासा गर्नुभएको हो ।
डब्लुएचओका महानिर्देशक गेब्रेयससले हिजो सोमबार १ सय ९४ देशका स्वास्थ्य मन्त्रीहरूको वार्षिक महासभामा बोल्दै ‘हामीले कुनै गल्ती गर्नु हुँदैन् । यो विश्वले सामना गरिरहेको यो महामारी अन्तिम होइन । यो विकासवादी भाइरस हो निसन्देह अर्को भाइरसमा यो भन्दा बढी द्रुतगतमा सर्ने र प्राणघाती हुनेछ’ उक्त चेतावनी दिनुभएको हो ।
अहिले विश्वको अवस्था भयावह नै रहेको भन्दै डब्लुएचओ प्रमुखले विश्वका सरकारहरूलाई राष्ट्रसंघको कोभ्याक्सिन कार्यक्रमलाई सहयोग गर्न पनि अनुरोध गर्नुभएको छ । विश्वका दशवटा देशमा मात्रै खोपको ७५ प्रतिशत मात्रा पुगेको हुँदा यस किसिमको असमानताले विश्वलाई फेरी महामारी तिर धकेल्न सक्ने खतरा रहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । कोरोना भाइरसका भेरिन्टहरुले रुप परिवर्तना गरिरहेको हुँदा यसले आगामी दिन थप चुनौती रहेको महानिर्देशक गेब्रेयससले बताउनु भएको छ ।