तस्विर–प्रेसटीभी
बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति हसन रौहानीबीच टेलिफोन वार्ता भएको छ । इरानको आणविक चौतर्फी सम्झौता र प्यालेस्टाइन तथा इराक आदि समस्यामा चीनले लिएको निष्पक्ष अडानप्रति इरानले चीनप्रति आभार प्रकट गरेको छ ।
दुवैै देशका राष्ट्रपतिहरुबीच पारस्परिक समसामयिक, राजनीतिक, आर्थिक तथा साँस्कृतिक विषयमा कुरा भएको राष्ट्रपति सीले बताउनुभएको छ । उहाँले चीन र इरानले हातमा हात मिलाएर नयाँ कोरोना भाइरस महामारीको संयुक्त रोकथाम तथा नियन्त्रण गर्नुका साथै आपसी प्रभावकारी सहयोगलाई प्रवद्र्धन गरेका छन् । यस वर्ष चीन र इरानबीचको सम्बन्ध स्थापनाको पचासौं वार्षिकोत्सव हो । चीनले इरानसँगको सम्बन्धलाई निकै जोड दिँदै इरानसँगको चौतर्फी रणनीतिक सहकार्यलाई निरन्तर प्रवद्र्धन गर्दै जाने विश्वास गरेको छ ।
इरानी राष्ट्रपति रौहानीका अनुसार इरानले एक चीनको नीतिलाई दृढ कायम राख्दै चीनसँग रणनीतिक सहयोग, अर्थ तथा व्यापार,ऊर्जास्रोत आदि क्षेत्रको सहयोगलाई मजबुत बनाउँदै जाने आशा गरेको छ । इरानको आणविक चौतर्फी सम्झौता र प्यालेस्टाइन तथा इराक आदि समस्यामा चीनले लिएको निष्पक्ष अडानप्रति इरानले चीनप्रति आभार प्रकट गरेको छ भने बेइजिङसँगको सहकार्यमा एकपक्षीयतावाद र प्रभूत्ववादविरूद्ध उभिनेको विरोध गर्दै जाने बताएको छ । रासस ÷ सिन्ह्वा