म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलालाई लिग प्रशिक्षक एसोसिएसनले वर्ष प्रशिक्षक घोषणा गरेको छ । सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि दिलाए गार्डिवलालाई लिग प्रशिक्षक एसोसिएसनले वर्ष प्रशिक्षक घोषित गरेको हो । गार्डिवलाले यसअघि गएको २०१७–१८ को सिजनमा पनि लिग प्रशिक्षक एसोसिएसनमार्फत् वर्ष प्रशिक्षक अवार्ड पाएका थिए ।
गार्डिवलाकै प्रशिक्षणमा म्यानचेस्टर सिटीले यो सिजन लिग कप फुटबलको उपाधि जितेको छ । सिटीले पछिल्लो चार वर्षमा तेस्रो पटक लिगको उपाधि जितेको हो ।

यसैगरी स्पेनिस ला लिगा फुटबलको आगामी प्रतियोगिताका लागि रियल बेटिसले ४० वर्षीय ख्वाकिनलाई अनुबन्धन गरेको छ । भ्यालेन्सिया र मालागाबाट पनि खेलेका ख्वाकिन आउँदो जुलाईमा ४० वर्ष पूरा हुने छन् । रियल बेटिसका कप्तानी सम्हाल्दै आएका ख्वाकिन स्पेनिस ला लिगाका सबैभन्दा जेठा खेलाडी हुनेछन् । ख्वाकिनले ला लिगामा अहिलेसम्म ५ सय ७९ खेल खेलिसकेका छन् ।

उनले ३९ वर्षका सात महिना पाँच दिनको हुँदा गएको मार्च ८ मा एलाभेसमाथि ३–२ जित दर्ता गोल गरेका थिए ।