काठमाडौं – सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि हुँदा पुनः नयाँ उचाइमा पुगेको छ । साताको दोसो दिन आज सोमबार कारोबार बजार परिसूचक नेप्से ३ दशमलव ०५ अङ्कले वृद्धि भएर २ हजार ८ सय २३ दशमलव ०५ अङ्कमा बन्द भएको छ । आइतबार दोहोरो अङ्कले बढेर २ हजार ८ सय २० अङ्कमा बन्द भएको नेप्सेले आज आइतबारको उक्त रेकर्ड तोडेको हो । बजार परिसूचक सँगै कारोबार रकमले पनि कीर्तिमान बनाएको छ । गत बुभबार ११ अर्ब १९ करोडको कारोबार भएको बजारमा आज उक्त रेकर्डले तोड्दै १३ अर्ब १७ करोड ५३ लाख ५३ हजारको कारोबार भएको छ । सोमबार प्रि–ओपन सेसनमा नै २० अङ्कले बढेर २ हजार ८ सय ४० दशमलव २१ अङ्कमा खुलेको नेप्से ‘इन्ट्रा–डे’ कारोबारमा २ हजार ८ सय ५० दशमलव ७३ अङ्कसम्म पुगेको थियो ।
यस्तै बजार परिसूचकले २ हजार ८ सय ७ दशमलव ३३ अङ्कले तल्लो बिदु कायम गर्दा बजार परिसूचकमा दिभरजस्तै उतारचढाव कायम रह्यो । सोमबार बजारलाई लिड गर्ने बैंकिङ सँगै हाइड्रोपावर, निर्जीवन बिमा, म्युचुअल फन्ड र लगानी उपसूचकमा वृद्धि हुँदा अरु उपसूचमा भने करेक्सन देखिएको छ ।निर्जीवन बीमा उपसूचक सर्वाधिक १ दशमलव ३९ प्रतिशतले बढ्दा लगानी उपसूचक पनि १ दशमलव ३७ प्रतिशतले बढेको छ । यस्तैं हाइड्रोपावर उपसूचक ० दशमलव १८ प्रतिशत र बैंकिङ उपसूचक ० दशमलव २२ प्रतिशतले बढेको छ । गत साता र आइतबार उच्च दरमा बढेको विकास बैंक उपसूचक र वित्त कम्पनी उपसूचक भने सोमबार करेक्सन भएको छ । विकास बैंक उपसूचक ० दशमलव ९६ प्रतिशतले ओरोलो लाग्दा वित्त कम्पनी उपसूचक सर्वाधिकक २ दशमलव २ प्रतिशतले ओरालो लागेको छ ।
देशभर जारी निषेधाज्ञाले गर्दा व्यापार वयवसाय तथा घरजग्गाको कारोबार अहिले ठप्प रहेको छ । यस्तो अवस्थामा सेयर बजारमाबट पैसा बाहिरिने क्षेत्र नहुँदा सेयर बजार दिनानुदिन नयाँ नयाँ रेकर्ड बन्दै गएको धितोपत्र दलनल व्यवसायी नरेनद सिजापति बताउँछन् । यता साता र आइतबार उच्च दरमा बढेको विकास बैंक र वित्त कम्पनीमा भने लगानकिर्ताले आज नाफा बुक गरेको उनले बताए । “अहिले अन्यत्र लगानीको अवसर नहुँदा पैसा बाहिरिने ठाउँ छैन, जसले गर्दा लगानीकर्ता नाफा बुक गर्ने, फेरि मुल्य बढेपछि त्यही कम्पनीको सेयर उठाउने क्रम बढेको छ । अहिले ब्रोकरबाट बाहिर पैसा नै गएको छैन, बरु नयाँ लगानी आइरहेका छन्, सेयर मुल्य बढ्दै जाँदा कारोबार रकम त्यही पनि बढ्ने भयो,” उनले भने ।
उनले भनेजस्तै निषेधाज्ञा सुरु हुनु अगाडि कारोबार रकम र बजार परिसूचकको ट्रेन्ड तथा अहिलेको ट्रेन्ड फरक रहेको छ । अहिले घरजग्गका कारानेबार ठप्प छ । सेयर बजारमा लगानी गर्ने लगानकिर्ताले रिर्टन पनि पाइरहेका छन् । जसले गर्दा सेयर बजारमा रौनकता छाएको छ । अन्य आर्थिक गतिविधि तत्काल नबढ्ने देखिँदा राजनीतिक अन्यौलतामा पनि लगानकिर्तामा भने कन्फिडेन्ट बढेको छ । पछिल्लो समय लगानीकर्ताको रोजाइमा बैंकिङ क्षेत्र परेको छ । तर आज भने निर्जीवन बिमामातर्फ लगानीकर्ता मोडिएका छन् ।