इटालियन सिरी ‘ए’ को सिजनको अन्तिम खेलमा युभेन्टसले सहज जित निकाल्दै अर्को सिजनमा खेल्ने पक्का गरेको छ । आज बिहान भएको खेलमा युभेन्टसले बोलोग्नालाई ४–१ को अन्तरले पराजित गर्दै युभेन्ट्स अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट भएको हो । युभेन्ट्सलाई जित दिलाउन अल्भारो मोराटाले दुई र एड्रिओन राबिओट तथा फेडरिक चिएसाले एक, एक गोल गरेका थिए । स्टार खेलाडी क्रिस्टयानो रोनाल्डोलाई बेन्च राखेपनि युभेन्ट्सले सहज जित हात पारेको हो ।

जितपछि युभेन्ट्सले ३८ खेलबाट ७८ अङ्क जोड्दै चौंथो स्थानमा रहेको छ भने नापोली ७७ अङ्क बटुलेर पाँचौं स्थानमा रहँदै युरोपा लिगको लागि छनोटको छ । अन्तिम खेलअघि पाँचौं स्थानमा रहेको युभेन्ट्सले यो जितसहित चौंथो स्थानरहँदै लिगको आफ्नो खोलामा पूर्णविराम लगाएको छ । अर्को खेलमा नापोलीले भेरोनासँग १–१ गोलको बराबरीमा रोकिंदा त्यसको फाइदा युभेन्ट्सलाई फाइदा पुगेको हो ।

यसैगरी अर्को खेलमा एसी मिलानले एटलान्टालाई २–० ले हराएर च्याम्पियन्स लिगमा छनोट भएको छ । उपविजेता बनेको एसी मिलानले ७९ अङ्क जोड्दा यसअघि नै च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको एटलान्टासँग समान अङ्क भएता पनि युभेन्ट्सलाई हेड टु हेडको आधारमा पछि पारेको हो । जसअनुसार एटलान्टा तेस्रो र युभेन्टस चौंथो स्थानमा रहेको छ ।