काठमाडौं – प्रधानमन्त्री केपी ओलीले आगामी २०७८/०७९ को आर्थिक बर्षका लागि अध्यादेशबाट बजेट ल्याउने बताउनु भएको छ । बालुवाटारमा आफ्नो दल निकट पत्रकारहरूसँगको अन्तरक्रियामा उहाँले अध्यादेशबाट ल्याउने बजेटका लागि एउटा औपचारिक बाचन कार्यक्रम राखिने जानकारी दिनुभएको हो । उहाँले विकास निर्माणका साथै कोरोना निर्मूलका लागि बजेट केन्द्रीत हुने दावी गर्नु भएको छ । यही जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 
   उहाँले बताए अनुसार–‘त्यसको जारी औपचारिक रुपमा सम्माननीय राष्ट्रपतिबाट हुनेछ । बजेट सस्तो लोकप्रियता अथवा चुनाव भइसकेपछि पनि दुरगामी भविष्यलाई प्रभाव पार्नेगरी देशका लागि प्रतिकूल हुनेगरी आउँदैन । हामी जिम्मेवार ढङ्गले बजेट प्रस्तुत गर्छौ । मैले यसअघि नै घोषणा गरेका नीतिहरु, कार्यक्रमहरूका लागि पनि बजेट आउँछ ।’