काठमाडौं— महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको एक स्यानीटाइजर उत्पादन गर्ने कम्पनीमा छापा मारेको छ । ब्राण्डको नाम पनि नराखी ठूलो परिणाममा स्यानीटाइजर बजार पठाएको भेटिएपछि महाशाखाले उक्त कम्पनीको स्यानीटाइजरको गुणस्तर बुझ्न औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गराएको थियो । परीक्षणमा उक्त स्यानीटाइजरमा २५ प्रतिशत मेथानोल प्रयोग भेटियो । जबकी मेथानोल मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने रसायन हो ।
महाशाखाका एसएसपी चन्द्र कुँवेर खापुडका अनुसार प्रहरीले करिब ८ ट्रकभन्दा धेरै स्यानीटाइजर बरामद गरिसकेको छ । उनले भने, ’कति परिणाममा छ भन्नेबारे हामीले गणना गरिरहेका छौं ।’ महाशाखा र प्रहरी परिसर काठमाडौंले उपत्यकाका विभिन्न स्थानमा यसैगरी नक्कली स्यानीटाइजर बनाएको भन्ने सूचनाको आधारमा अनुसन्धान जारी राखेको छ । एसएसपी खापुडका अनुसार बरामद नक्कली स्यानीटाइजर काठमाडौं लगायत देशैभरि वितरण भएको देखिन्छ ।