कोभिड उपचारको छ हप्ताभित्र बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् । एम्समा न्यूरोसर्जरीका प्राध्यापक डाक्टर पी शरत्चन्द्रका अनुसार, ‘फङ्गल’ सङ्क्रमण कुनै नयाँ समस्या होइन । सङ्क्रमणका धेरै कारणहरू हुन सक्छन् ।’उनका अनुसार सबभन्दा महत्वपूर्ण कारणमध्ये एक मधुमेहको नियन्त्रण हुन नसक्नु, रोगीलाई भेन्टिलेसनमा राखी पूरक अक्सिजन दिँदा यो सङ्क्रमण हुनसक्छ ।
कोभिड उपचार को ६ हप्ता भित्रमा यदि मानिसहरूलाई यी कुनै पनि कारण कालो फङ्गसको उच्च जोखिम रहने गर्छ । उनले सचेतनाका लागि भने, ’सिलिण्डरबाट चिसो अक्सिजन दिँदा यसले बिरामीहरूमा चिसोका कारण पैदा हुने ब्ल्याक फङ्गसजस्ता समस्या निम्त्याउने खतरा हुन सक्छ ।’भारतका विभिन्न भागहरूमा ‘कालो ढुसी’ सङ्क्रमणका घटनाहरू जानकारीमा आइरहेका छन् ।
राजस्थान, गुजरात, पञ्जाब, हरियाणा, कर्नाटक, ओडिसा, तेलङ्गना र तमिलनाडुजस्ता राज्यहरूले महामारी रोग ऐनअन्तर्गत यसलाई ‘अधिसूचित’ रोग घोषणा गरिसकेका छन र यसैले प्रत्येक म्युकोर्माइकोसिस’को अवस्था राज्य सरकारलाई रिपोर्ट गर्नु अनिवार्य बनाएको छ । कोभिड महामारीको अतिरिक्त कालो ढुसीको सङ्क्रमण समस्या बढ्दो चिन्ताको बीचमा, दिल्लीको सर गंगाराम अस्पतालमा सानो नशाको म्युकोर्मिकोसिसको दुर्लभ घटनाहरू देखिएका छन् ।