गण्डकी – वैशाख २६ गते मुख्यमन्त्रीले राजीनामा दिएसँगै ११ दिनमै गुमेको उहाँको पद २९ गते ठूलो दलको नेताको हैसियतमा पृथ्वीसुब्बा फेरि मुख्यमन्त्रीमा बाहाली भएपछि जेठ ५ मा मनाङ्गेलाइ खेलकुद मन्त्रीमा दोहो¥याइएको थियो । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे अर्थात् राजीव गुरुङले आज आइतबार पद तथा गोपनीयताको सपथ लिनु भएको छ । सत्ताको रस्साकस्सीमा आफूलाई स्वतन्त्र दाबी गरिरहनु भएका मनाङ्गेलाई वैशाख १६ गते समाजिक विकास मन्त्रालय फुटाएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री बनाउनु भएको थियो ।
 सात मन्त्रालय रहेको गण्डकीमा मनाङ्गेलाई मन्त्री बनाउँदै मन्त्रालयका संख्या ८ पु¥याएर मुख्यमन्त्री गुरुङले ११ मन्त्रालय बनाएर मन्त्रीलाई जिम्मेवारी बाँडफाँड गर्नु भएको छ । किरण गुरूङलाई अर्थ र मनाङ्गेलाई बाहेक सपथ खुवाउँदा बाँकीलाई बिनाविभागी मन्त्रीको रुपमा सपथ खुवाइएको थियो । बेलुका सबै मन्त्रीलाई अन्य मन्त्रालयसमेत गर्ने गरी जिम्मेवारी तोकिएको थियो । मुख्यमन्त्रीसहित ६ मन्त्रीले अहिले ११ मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ ।