स्पेनिस ला लिगा फुटबलको उपाधि एथ्लेटिको मड्रिडले जितेको । शनिबार राति भएकोे आफ्नो अन्तिम खेलमा एथ्लेटिको मड्रिडले रियल भालाडोलिडमाथि २–१ को जित निकाल्दै उपाधी हात पार्न सफक भएको हो । एथ्लेटिको मड्रिडले सन् २०१४ पछि पहिलोपटक उपाधि जितेको हो ।

अवे मैदानमा भएको खेलमा १८ औँ मिनेटमै रियल भालाडोलिडका लागि अस्करप्लानोले गोल गरेका गोल गरेका भए तापनि त्यसलाई जोगान नसक्दा रियल भालाडोलिडले हार व्यवहोर्नु पर्यो । खेल सुरुभएको १८ औं मिनेटमा गोल खाँदै एथ्लेटिको मड्रिड पछि परेको थियो । पूर्वाधसम्म गोल गर्न नसकेको एथ्लेटिको मड्रिडले उत्तरार्धको खेलमा आफुलाई पुनर्आगमन गर्दै ५७ औँ मिनेटमा आफ्नो टिमको लागि एन्जल कोरियाले बराबरी गोल गरे । पहिलो गोल गरेको १० मिनेट पछि अर्थात् लुइस स्वारेजले गोल ६७ औं मिनेटमा गोल गर्दै एथ्लेटिको मड्रिड उपाधी जित्नको लागि कहदार बन्यो ।

शनिबार राति नै भएको खेलमा रियल मड्रिडले भिल्ला रियललाई २–१ गोलले पछि पार्दै दोस्रो स्थानमा चित्त बुझायो । लिगको आफ्नो सबै खेल सकिंदा एथ्लेटिको मड्रिडको ८६ अङ्क जोडेर उपाधीको हकदार भएको हो । दोस्रो भएको रियल मड्रिडको भने ८४ अङ्कमा सिमित भयो ।