भारत– कोरोना भाइरसको नयाँ सिरिज भेरियन्टविरुद्ध लागि फाइजर र अक्सफोड–एस्ट्राजेनेका प्रभावकारी देखिएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणविरुद्ध लगाइएको यो खोप प्रभावकारी देखिएका हो । कोरोना भाइरसको नयाँ भेरियन्टले भारतलाई दपेटिरहको बेला यो खोप कत्तिको प्रभावकारी छ त भनेर गरिएको अध्ययनले उक्त खोपको दुई मात्रा प्रभावकारी देखिएको अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाए अनुसार खोपको दुई मात्रा लगाएपछि बेलायतमा त्यसको राम्रो देखिएपछि भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्टमा प्रभावकारी हुन सक्ने भनेर गरिएको प्रयोग प्रभावकारी देखिएकोे बेलायती स्वास्थ्य अधिकारीले बताएका छन् ।

पब्लिक हेल्थ इंग्ल्याण्डले गरेको अध्ययनमा फाइजर–बायोएनटेकको खोप भारतमा देखिएको कोरोना भाइरसको बी १.६१७.२ भेरियन्टमा दोस्रो मात्रा लगाएको दुई हप्तापछि लक्षणसहितको संक्रमणविरुद्ध ८८ प्रतिशत प्रभावकारिता देखिएको हो । बेलायतमा देखिएको बी.१.१.७ भेरियन्टविरुद्ध यो प्रभावकारिता ९३ प्रतिशत थियो ।

यस्तै एस्ट्राजेनेका खोपको दुई मात्रा भारतमा देखिएको भेरियन्टबाट हुने लक्षणसहितको सङ्क्रमणविरुद्ध ६० प्रतिशत प्रभावकारी देखिएको छ । यो प्रभावकारिता बेलायतमा देखिएको भेरियन्टमा ६६ प्रतिशत रहेको पिएचइले जनाएको छ ।
नयाँ भेरियन्टविरुद्ध खोप प्रभावकारी देखिनु निकै खुशीको कुरा रहेको बेलायती स्वास्थ्य मन्त्री म्याट हान्ककले बताएका छन् ।