काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ४ सय रुपैयाँले घट्दै ९३ हजार ३ सय रुपैयाँ कायम भएको हो । जबकी गत बुधबारको सोही मूल्यमा ४ सय रुपैयाँले बढेर बिहीबार सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य भने शुक्रबार पनि प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।