एजेन्सी
भारत– कोरोना भाइरस सङ्क्रमणको माहामारीको सामना गरिरहेको भारतमा अर्को थप ब्ल्याक फङ्गस रोग देखिएको छ । यो रोगले भारत सरकारलाई तरङ्गि र चिन्तित बनेको छ । केन्द्रीय सरकारले सबै राज्यलाई पत्र पठाएर ब्ल्याक फङ्सका लागि सचेत हुन विशेष आग्रह गरेको छ । उसले सबै राज्य सरकारलाई यसलाई महामारी एक्ट अनुरुप नोटेबल डिजीज घोषित गर्न भनेको छ । अर्थात्, राज्यलाई ब्ल्याक फंगसको केस, मृत्यु, उपचार र औषधीको हिसाब राख्नु पर्नेछ ।

भारतको हरियाणा, राजस्थान, तेलगाना र तमिलनाडु राज्यहरुले यो ब्ल्याक फङ्गसलाई पहिले नै महामारी रोगको रुपमा घोषित गरिसकेका छन् । दिल्लीमा पनि यसका बिरामीका लागि भिन्न सेन्टर्स बनाइँदै छ ।

भारतको केन्द्रीय सरकारको स्वास्थ्य मन्त्रालयका सह–सचिव लब अग्रवालले राज्यसँग भनेका छन्, ‘ब्ल्याक फङ्गस सङ्क्रमणका केश अत्यधिक बढिरहेको छ र यसका कारण कोभिड बिरामीको मृत्युको सङ्ख्या पनि बढिरहेको छ । हाम्रो अगाडि यो नयाँ चुनौती हो ।’

थुप्रै राज्यका कोरोना बिरामीमा म्यूकर माइकोसिस नामको फङ्गश इन्फेक्सन देखिएको छ । यो विशेषगरी ती बिरामीमा देखिएको छ, जसलाई स्टेरोइड थेरेपी दिइएको छ र जसको सुगरस्तर अनियन्त्रित छ ।

भारतमा देखिएको नयाँ रोग ‘ब्ल्याक फङ्गस’ ले महामारी निम्त्याउने खतरासँगै त्यसको प्रभाव नेपालमा पनि पर्ने सक्ने स्वाथ्यकर्मीहरुले बताएका छन् ।