काठमाडौं – राष्ट्रियसभा उपनिर्वाचनमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले २५ मतले जित्नुभएको छ । डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै प्राप्त गर्नुभएको छ । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले प्राप्त गर्नु भएको छ । अब प्रदेशसभाको मत गणना गन्न बाँकी छ ।