इटली– इटालियन कोपा फुटबलको उपाधी युभेन्टसले जितेको छ । बुधबार भएको फाइनलमा खेलमा युभेन्टसले एट्लान्टालाई २–१ को गोल अन्तरले पछि पार्दै इटालिनय कोपाको उपाधी चुम्न सफल भएको हो ।

अवे मैदानमा बुधबार भएको खेलमा युभेन्टसका लागि कुलुसेभ्स्की ३१ औं मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने एट्लान्टाका लागि मालिनोभस्कीले आफ्नो टिमलाई खेलमा फर्काउँदै ४१ औं मिनेटमा बराबरी गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको इटालियन कोपा फुटबलको फाइनल खेलको ७३ औं मिनेटमो गोल गर्दै चिएसाले आफ्नो टिम युभेन्टसलाई उपाधीको हकदार बनाए । खेलको ८८ औं मिनेटमा एट्लान्ताका खेलाडी तोलोइले विपक्षीलाई फल हान्दा रातो कार्डको सामना गर्दै खेलको अन्तिम क्षणमा बाहिरिनु प¥यो र एट्लान्टा केही मिनेट १० खेलाडीमा सीमित भएको थियो ।