काठमाडौं – कारोबारहरुले नाफा बुक गर्ने प्रवृत्ति बढ्दै गएपछि  आज बुधबार नेप्से सूचक केही मात्रामा घटेको छ । कारोबार रकममा फेरि अर्को रेकर्ड कायम गरेको नेप्से सूचक भने १३ दशमलव ०९ अङ्कले घटेर २ हजार ७ सय ८० दशमलव ८१ विन्दुमा आइपुगेको छ । ११ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज २ सय १४ कम्पनीको २ करोड ५१ लाख २१ हजारभन्दा बढी कित्ता सेयर खरिद बिक्री भएको हो ।
 नेपाल पुनर्बिमा कम्पनी कारोबार रकम ५५ करोड ६९ लाख रुपैयाँ भन्दा बढी सहित अगाडि छ । दोस्रो र तेस्रोमा क्रमशः नेशनल लाइफ इन्सुरेन्स र नेशनल हाइड्रोपावर परेका छन । ५ वटा कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढी छ । कारोबारहरुले नाफा बुक गर्ने प्रवृत्ति बढ्दै गएपछि बुधबार नेप्से परिसूचक केही प्रभावित बनेको विज्ञहरुले बताएका छन  ।