विराटनगर – रङ्गेली नगरपालिकाको तिलुवा चोकमा एक जना महिलाको हत्या भएको हो । मोरङ्गको रङ्गेली नगरपालिका –३ तिलुवाको पानी नभएको नहरमा घाँटी रेटेर हत्या गरिएको महिलाको सब फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हत्या गरिएको उक्त सब नगरपालिका वडा नं ३ स्थित बेचन यादवकी २४ वर्षीया श्रीमती अनिता यादवको भएको प्रहरीले पुष्टिगरेको छ । विभत्स रुपमा हत्या गरिएको उक्त सब बिहान ८ बजे भेरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।