इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत खेलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । मङ्गलबार राति भएको फुटबलमा चेल्सीले लेस्टर सिटीलाई २–१ ले पछि पार्र्दै पुनर्आगमन गरेको हो । यो जितसँगै चेल्सीले आफुलाई अब्बल सावित गर्दै आउँदो सिजन च्यापिम्यन्स लिग फुटबलमा छनौट हुने सम्भावनालाई मजबुद बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले ४७ औं मिनेटमा गोलको खाता खोलेको थियो । चेल्सीका लागि पहिलो गोल रुडिगरले गरेका थिए भने दोस्रो गोल ६६ औं मिनेटमा पेनाल्टीमा जोर्गिन्होले गोल गरेका हुन् । दुई गोलले पछि परेको लेस्टर सिटीले खेलमा फर्कने प्रयास गरिरह्यो र आफ्नो टिमलाई इहिनाचोले ७६ औं मिनेटमा गोल गरे । तर लेस्टर सिटीले खेलमा फर्किने प्रयत्न गरे पनि थप गोल गर्न भने सकेन ।
यो जितसँगै तेस्रो स्थानको चेल्सीको ३७ खेलबाट ६७ अङ्क भएको छ । चेल्सीभन्दा १ अङ्कले पछिपरेको लेस्टर सिटी ६६ अङ्क सहित चांैथो स्थानमा झरेको छ । तीन दिन पहिला लेस्टर सिटीले चेल्सीलाई नै १–० ले पराजित गरेर एफए कप फुटबलको उपाधि जितेको थियो । चेल्सीले लेस्टर सिटीसँग आज भएको खेलमा बदला लिएको छ ।

प्रिमियर लिग अन्तर्गत मंगलबार राति नै भएका अरु खेलमा उपाधि जितेको म्यानचेस्टर सिटी ब्राइटनसँग ३–२ र लीड्सले साउथह्याम्पटनलाई २–० ले पराजित गर्दा म्यानचेस्टर युनायटेड र फुलह्यामले १–१ को बराबरी खेलेका छन् ।