काठमाडौं – लमजुङ केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । लमजुङको भुलभुलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४३ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त कुराको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लोकविजय अधिकारीले जानकारी दिनु भएको हो ।

भूकम्पको धक्काले काश्की, तनहुँ, गोरखा, धादिङ क्षेत्रमा धेरै नै हल्लाएको थियो भने काठमाडौं उपत्यकामा भूकम्पको कम्पन महसुस भएको थियो । भूकम्पले कहाँ कति क्षति पुर्यायो भन्ने विवरण भने आउन बाँकी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।