काठमाडौं– विश्वकप फुटबलको छनोटका बाँकी खेलका लागि आज किरणकुमार लिम्बुको नेतृत्वमा राष्ट्रिय टोलीको घोषणा गरिएको छ । छनोट गरिको नेपाली टिममा नयाँ अनुहारहरुले प्रवेश पाएका छन् । आज घोषणा गरिएको २३ सदस्यीय टोलीमा अनुभवि फरर्वाड भरत खवासलगायत केही अनुभवी खेलाडीहरु अटाउन सकेनन् ।आज छानिएका २३ खेलाडीमा किरणकुमार लिम्बु, रोहित चन्द, दीप कार्की, विशाल सुनार, अभिषेक रिजाल, अनन्त तामाङ, सुनिल बल, गौतम श्रेष्ठ, सुमन अर्याल, विशाल राई, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन विष्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुस घलान, सुरज ज्यु ठकुरी, विकास खवास, दिनेश राजबंशी र कमल थापाले राष्ट्रिय टोलीमा स्थान पक्का गरेका छन् । नेपालले मे २९ तारिखमा इरानसँग मैत्रिपूर्ण खेल खेल्ने छ । त्यसपछि विश्वकप छनोटका बाँकी खेलहरु कुवेतमा जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ तारिखमा अस्ट्रेलियासँग खेल्ने तालिका छ ।