यस वर्षको महिला च्याम्पियन्स लिग फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । खेलमा बार्सिलोना फेमेनिनोले चेल्सी महिला टिमलाई परातिज गरेर उपाधि जितेको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले ४–० को जित दर्ता गरेको हो ।

तीन खेल बार्सिलोना आफैले ग¥यो भने एक गोल उपहारमा पायो । खेलको पहिलो मिनेटमा नै चेल्सीकी लेउपोल्जले आत्मघाती गोल गरी बार्सिलोनालाई उपहारस्वरुप अग्रता दिलाएकी थिइन् । बार्सिलोनाकी पुतेलासले १४ मिनेटमा पेनाल्टीमार्फत् तथा २० औं मिनेटमा बोन्माती र ३६ औं मिनेटमा हान्सेनले गोल गरेकी हुन् । खेलको पूर्वार्धमा चेल्सी महिला टिम केही समालिएको देखिए पनि खेलमा फर्कन भने सकेन ।