काठमाडौं – एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौँ, मो बैंक गरौँ’ योजना सार्वजनिक गरेको छ । बैंकले सहज, सरल, गतिशील, विश्वसनीय तथा उत्तरदायी पञ्च मूल्य मान्यताको आधारमा आफ्नो बैंकिङ्ग अभ्यास गर्दै ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । यस योजना अनुसार यस बैंकको मोबाइल बैंकिङ्ग (एनआइएसी एसिया मोबैंक) एप प्रयोगकर्ताहरूले इन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम रू.१०० नगद फिर्ता (क्यास ब्याक) प्राप्त गर्न सकिने छ र यस योजना अन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम रू.५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । यो योजना २०७८ जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुनेछ ।
ग्राहकहरूले एनआइएसी एसिया मोबैंक प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसि÷एनसेल टपअप, युटिलीटि बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा प्रोगेस ट्राकिङ आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले लिन सक्नेछन् । साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले आइसर्भिस प्लाटफर्मको विकास गरी तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।