कर्णाली – कर्णाली प्रदेशमा नवनियुक्त हुनु भएका दुई मन्त्रीले आज सोमबार शपथ ग्रहण गर्नु भएको छ । उहाँहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराउनु भएको हो । आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुनुभएका गोपाल शर्माले सपथ ग्रहण लिनु भएको हो ।