काठमाडौं – बलिउड अभिनेता सलमान खानले आफ्नो प्रशंसकसँग गरेको वाचा पूरा गरेका छन् । अघिल्लो वर्ष कोरोनाका कारण ईदमा ‘राधेः योर मोस्ट वान्टेड भाइ’ रिलिज हुन पाएन । जसपश्चात अभिनेता खानले २०२१ को ईदमा जसरी भए पनि राधे रिलिज गर्ने वाचा गरेका थिए । जसअनुरुप अहिले राधे वल्र्डवाईड रुपमा डिजिटल प्लेटफर्मममा रिलिज भएको छ । सलमानले रिलिज अगावै यसको नाफा कोभिड–१९ को दोस्रो लहरको राहतमा दिने घोषणा पनि गरिसकेका छन् ।
भारतलगायत हल खुलेको अन्य देशमा हलमा र डिजिटल प्लेटफर्ममा राधे उपलब्ध छ । यस चलचित्रमा सलमान एक प्रहरी अधिकारीको भूमिकामा देखिएका छन् । कतिले यसलाई वान्टेडको अर्को संस्करण पनि भनेका छन् । किनभने वान्टेड चलचित्रदेखि अभिनेता खानलाई दबंग पारामा मात्रै देखिन थालेका छन् । गमक्क परेको जिम गरेको बडी र मसल्समा देखिने सलमानको लुककै कारण उनलाई दबंग खान भनेर पनि चिनिने गर्छन् । मास अपिल सलमानको यूएसपी हो र खानले यसको अधिकतम उपयोग गर्दछन् । सलमानको बल्की मसल्सको अगाडि अन्य कुरा ओझेलमै पर्छ ।
अभिनेता सलमान खानलाई आज एक उच्च स्तरको एक्सन स्टारको रुपमा चिनिन्छ । तर सन् १९९० दशकमा फर्किने हो भने यो उपमा अभिनेता अक्षय कुमार, सुनील सेट्टी र अजय देवगनको थाप्लोमा मात्रै थियो । वास्तवमा, ढिला करिअरको मजा लिएका सैफ अली खानदेखि सबै खानहरुले लभरबोयको रुपमा करिअर सुरु गरे र ९० को दशकमा आफ्ना दर्शकलाई आफ्नो प्रेमिल छविले ताने । उनीहरुले अभिनय गरेका प्रेमिल चलचित्रका सुमधुर संगीतको धुन आज पनि राति अबेर बज्ने रेडियो कार्यक्रमहरुमा सुन्न सकिन्छ । यी संगीतले विगतमा गितार बोकेर ‘साथिया ऐ तुने क्या किया’ मा अभिनेत्री रेवतीसँग र ‘ओ ओ जाने जान’ लगायत अन्य अभिनेत्रीहरुसँग प्रेमिल रुपमा पेश भएका दृश्यहरु मानसपटलमा पुनः उजागर गर्दछ ।
एक पटक फेरि सलमान आफ्नो उत्कृष्ट संगीतहरुको साथमा देखिएका छन्, यद्यपि पछिल्लो पटक उनलाई लजालु सलमानभन्दा पनि सर्टलेस आफ्नो सुगठित शरीर शो गर्दै गरेको देख्न पाइन्छ । आउने दिनहरुमा पनि सलमानको सर्टलेस दृश्यहरु देखिँदै जाने हो भने उनलाई देसी अर्नोल्ड–स्टालोनको दर्जा दिइने छ । चलचित्रमा प्रेम नामक पात्र र लभरबोयकै भूमिका निभाएकै कारण सलमानलाई प्रेमको रुपमा र लभरबोयको छविमा मात्रै हेर्दै आएका छन् दर्शक र चलचित्र निर्माताहरु । प्रारम्भिक चलचित्रहरुले सलमानलाई एउटा लजालु अभिनेताको रुपमा प्रस्तुत गरेको थियो र उनले ९० को दशकभरि आफ्नो यो छवि कायम राख्न सफल बने ।
‘बलिउडका ब्याड बोय’ को छवि बनाउनु अघि सलमानको अलग्गै पहिचान थियो । यद्यपि, उनका प्रशंसकले सलमानका यी गलत कार्यहरुलाई माफ गरिदिए । ९० को दशकको अन्यतिरदेखि हिन्दी चलचित्रमा परिवर्तन भयो । उक्त परिवर्तलाई पछि सुनियोजित परिवर्तन मानिएको थियो । त्यसपछि सलमानलाई यो नयाँ ठाउँ जसलाई अहिले बलिउडको नाम दिएको छ, त्यहाँ फिट हुन लामो समय लाग्यो । सन् २००० को सुरुवातमा मल्टिप्लेक्स युगको विकासको सुरुवाततामै शाहरुख खान र आमिर खानले आफ्नो बजार मूल्य निर्धारण गरिसकेका थिए । यद्यपि, सलमानले त्यो गुमाए । अरु खानहरु जस्तो सलमान आफूलाई व्यवस्थित गर्न असफल रहे । फलस्वरुप उनका थुप्रै चलचित्रहरु लक्कीः नो टाइम फर लभ, मेरिगोल्ड, ये हे जल्वा र तुमको ना भुल पायेंगे फल्प फिल्मा गनिए र सलमान पनि छायामा परे । यद्यपि, यसले सलमानलाई सुस्त बनाएन ।
सलमानको सुस्ताएको करिअरलाई सन् २००३ मा आएको ‘तेरे नाम’ ले परिवर्तन गरिदियो । हुन त सलमानले यसमा पनि लभरबोयको भूमिका निभाएका थिए । तर, यो बिछोडको थियो जसमा उनको हेयरस्टाइल र उनको केही आक्रमक स्वाभव थियो । यो सलमानको पात्र र प्रस्तुतीमा फरक पक्कै थियो, तर ठूलो मात्रामा थिएन । ‘तेरे नाम’पछि ‘नो इन्ट्री’ र ‘वान्टेड’ले सलमानलाई बक्स अफिसमा सफलता मिल्यो । हिट एन्ड रन मुद्दामा जेलको चक्करमा फसिरहेता पनि सनलमाको लोकप्रियता पुनः चुलियो । उनको अफस्क्रिन छविले उनको अनस्क्रिन छविमा कहिल्यै असर गर्न सकेन । यसले प्रमाणित गरेको थियो कि सलमान जस्तो सुरपरस्टारलाई पनि खेलमा टिकिराख्न हिट चलचित्रको साहारा चाहिने रहेछ ।
त्यसलगतै आयो अभिनभ कश्यप निर्देशीत दबंग (२०१०) । यो एउटा सानदार सफलता थियो, जसले सलमानलाई पुनर्जिवित पार्यो । त्यो समयको नयाँ परिवर्तन अर्थात बलिउडमा ९० का दशकका गोविन्दा, सुनील सेट्टी र ज्याकी श्राफजस्ता स्टारहरु गन्तिमै आउन छोडिसकेका थिए । हरेक कलाकार करिअरको ३० वर्षपछि फ्लोरमा फितलो देखिरहेका थिए । रजनिकान्त र अमिताभ बच्चन अपवाद पात्र थिए । त्यस्तो समयमा ‘दबंग’को प्रवेश उत्तम थियो । जसले समीक्षकको मुख बन्द गरिदिने सलमानका प्रशंसकले राम्रो मौका पाएका थिए । चुलबुल पान्डेको पात्रले चार्टको शिर्ष स्थान पायो र आधिकारिक रुपमा सलमानको भाग्य चम्किन थाल्यो । त्यसपछिदेखि दबंगको फ्रेन्चाइजमार्फत ठूलो पर्दामा सलमानले उकालो चढ्दै गए । सफलतामा अझ चमक थप्न मद्दत गर्यो, एक था टाइगर, सुल्तान र रेस–३ ले । त्यसबेलादेखि उनको सुगठित शरीर र एक्सन अवतारले पुरुष प्रशंसकको पनि माया पाउँदै गए । यसका साथै उनका चलचित्रका डायलगहरु पनि बच्चादेखि वृद्ध प्रशंसकले फलो गर्नेगर्छन् र उमेरले ५५ टेकिरहँदा पनि सलमान उत्तिकै जवान र फिट देखिन्छन् भने प्रशंसकको उत्तिकै माया पाइरहेका छन् । एजेन्सीहरुको सहयोगमा