काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । हप्ताको पहिलो दिन हिजो आइतबार एकै दिन प्रतितोला ९ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार थप ३ सय रुपैयाँले वृद्धि भएको छ ।
त्यस्तै आज तेजाबी सुन ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्यमा समेत सोमबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै १ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ ।