युरोप– टोटनह्यामले युरोपा लिगमा छनौट हुने सम्भावना बलियो बनेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले वुल्भ्सलाई २–० ले पछिपार्दै जित निकाल्दा युरोप लिगमा छनौट हुने सम्भावना बलियो बनाएको हो ।
टोटनह्यामको जितमा ४५ औं मिनेटमा ह्यारी केन तथा ६२ औं मिनेटमा पिएर एमिल होज्ब्जेर्गले गोल गरेका थिए । यो जितसँगै छैटौं स्थानमा रहेको टोटनह्यामको दुई खेल बाँकी हुँदा ५९ अङ्क भएको छ भने सातौं स्थानको वेष्ट ह्यामको पनि ५९ अङ्क नै छ । आइतबार राति भएका अरु खेलमा क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई ३–२ तथा शेफिल्ड युनाइटेडले एभर्टनलाई १–० ले पराजित गरेका छन् ।