काठमाडौं – वरिष्ठ चिकित्सक डाक्टर आईएल आचार्यको ८३ वर्षको उमेरमा  आज आइतबार निधन भएको छ । दुई साता अघिदेखि स्टार अस्पतालमा उपचाररत डाक्टर आचार्यको  आज आइतबार बिहान करिब ४ बजेको समयमा निधन भएको स्टार अस्पतालले  जानकारी दिएको छ । 
अस्पतालले जनाए अनुसार तीन दिनअघि मात्रै उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । पीसीआर रिपोर्ट नेगेटिभ आएपनि निमोनियाका कारण उनको निधन भएको डा. श्रेष्ठको भनाइ छ । कोभिड १९ सङ्क्रमण भएपछि उनलाई स्टार हस्पिटलमा भर्ना गरिएको थियो । उनी निदान अस्पताल, स्टार हस्पिटल, काठमाडौं हस्पिटल लगायतका अस्पतालमा सक्रिय थिए ।