इटाली–राफायल नाडाल इटालियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । अमेरिकी खेलाडी राइली ओपेल्कालाई ६–४ र ६–४ को सेटमा हराउँदै नाडाल फाइनलमा पुगेका हुन् । रोममा भएको खेलमा जित निकालेका ३४ वर्षे नाडालले फाइनलमा विश्व नम्बर एक नोभाक जोकोविचसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

जोकोविचले इटालियन लोरेन्जो सोनेगोलाई ६–३, ६–७ (५–७) र ६–२ को सेटमा पराजित गरी फाइनलमा स्थान बनाएका हुन् ।