इजरायल– इजरायल र प्यालेस्टायनबीच एक हप्तादेखि रकेट हानाहान भैरहेको छ । गाजा तथा जेरुशेलमसहितका क्षेत्रमा हिंसा चर्किंदै गएको छ । यी दुई देशबीचको सङ्घर्षलाई साम्या पार्न अमेरिकाले विशेष चासो दिएको छ । राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासलाई टेलिफोन गरी हिंसाप्रति चासो व्यक्त गर्नुभएको हो ।

दुवै देशका प्रमुखसँगको संवादका क्रममा राष्ट्रपति बाइडेनले नेतन्याहूलाई हमास वा अरु कुनैपनि आतङ्ककारी समूहबाट हुने आक्रमणबाट आफ्नो प्रतिरक्षा गर्ने इजरायली अधिकारको पक्षमा आफ्नो समर्थन रहेको बताउनु भएको छ । राष्ट्रपति बाइडेनले दुवै तर्फ भएका भौतिक र मानवीय क्षतिलाई चासो लिनुको साथै त्यहाँ कार्यरत पत्रकारको सुरक्षाका विषयमा पनि चासो व्यक्त गर्नुभएकोे ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति बाइडेन सत्तामा आएपछि पहिलोपटक प्यालेस्टाइनी राष्ट्रपति अब्बाससँग टेलिफोन संवाद गर्नु भएको हो । संवादका क्रममा हमासबाट इजरायलमा भइरहेको रकेट आक्रमण रोकिनु पर्ने कुरामा राष्ट्रपति बाइडेनले जोड दिनुभएको ह्वाइट हाउसले जनाएको छ । अमेरिकी राष्ट्रपतिले प्यालेस्टाइनसँग आफुले सम्बन्ध बिस्तारका चाहेको प्रतिवद्ध समेत व्यक्त गर्नुभएको ह्वाइट हाउसले जनाएको छ । वेष्ट ब्यांकमा रहेका राष्ट्रपति अब्बाससँग जागालाई लिएर सीमित मात्रै अधिकार छ । अमेरिकाले हमाससँग कुराकानी गर्दैन, किनकी उसले हमासलाई आतङ्कवादी संगठन घोषणा गरेको छ । यद्यपि, गाजामा हमासको नियन्त्रण छ ।
राष्ट्रपति बाइडेनले दुवै देशका नेतासँग हिंसाको विकल्पको खोजिका निम्ति प्रतिवद्ध रहेको बनाउनु भएको छ । अमेरिकी दूत हादी आम्र वार्ताको प्रयासका लागि हिजै शनिबार तेल अविव पुग्नु भएको थियो । अमेरिकी दूत हादीले इजरायल, प्यालेस्टाइन तथा संयुक्त राष्ट्रसंघका अधिकारीसँग छलफल गरिरहनु भएको समाचारमा जनाइएको छ ।
किन र कसरी भयो हिंसाको सुरुवात ?
इजरायल र प्यालेस्टाइनबीच हाल भइरहेको हिंसालाई पछिल्लो केही वर्ष यताकै गम्भीर भिडन्तका रुपमा लिइएको छ । हालको हिंसाको बिजारोपण भने गत अप्रिल १३ तारिकका दिन भएको थियो । दमासकसको गेटमा रोखिएको अवारोधलाई लिएर प्यालेस्टाइनीहरु आक्रोशित भए पछि उनीहरुले प्रदर्शन गरेका थिए । त्यसपति प्यालेस्टाइनी र इजरायली प्रहरीबिच भिडन्त सुरु भयो । अप्रिल १५ र १६ तारिखमा गाजाबाट इजरायलमा रेकट प्रहार भयो । इजरायलले जवाफमा हवाई आक्रमण ग¥यो । त्यसपछि १९ अप्रिलमा अबर तथा यहुदीहरु रहेको तटीय शहर जाफासम्म भिडन्त फैलियो । यो शहर तेल अविवबाट नजिक छ ।

यसरी फैंलदै गएको सङ्घर्ष पछि २० अप्रिलमा प्यालेस्टाइनीबाट यहुदीहरुमाथि भएको दुव्र्यवहारको भिडियो टिकटकमा पोस्ट भयो । त्यसबाट जेरुशेलममा यहुदी युवाहरु आक्रोहित भएपछि अरब समुदायमाथि आक्रमण गर्दै अरब विरोधी नारा लगाए । अप्रिल २३ मा सयौँ राष्ट्रवादी यहुदीहरुले अरब विरोधी नारा लगाउँदै दमासकस गेट तर्फ गए । दुई समूहलाई छुट्याउने क्रममा प्यालेस्टाइनी र प्रहरीबिच झडप भयो । धेरै मानिस घाइते भए । अरब र यहुदीबिचको हिंसात्मक गतिविधि शहरका अरु क्षेत्रमा पनि फैलियो । अप्रिल २४ अप्रिलका दिन बिद्रोहीहरुले गाजाबाट दर्जनौं रकेट इजरायलमा प्रहार गरे । जवाफमा इजरायल तर्फबाट हवाई आक्रमण भयो ।

मे २ तारिखमा प्यालेस्टाइनी राष्ट्रपति अब्बास र हमासले प्यालेस्टाइनीलाई घरबाट निकालिएको भन्दै निन्दा गरे । प्रहरी र प्रदर्शनकारीबिच भिडन्त जारी रह्यो । त्यसपछि ४ मे मा गाजाबाट हमासले इजरायलमा इनसेन्डिरी बेलुनहरु पठायो, जसका कारण आगलागीका दर्जनौं घटना भए । मे ७ मा वेष्ट ब्यांकको उत्तरी क्षेत्रमा इजरायली सुरक्षाकर्मीको गोली लागेर दुई प्यालेस्टाइनी बन्दुकधारीको ज्यान गयो । अर्का एक घाइते भए । इजरायलमा आक्रमणको तयारी गरेकाहरुमाथि प्रतिरक्षा स्वरुप गोली हानिएको इजरायली अधिकारीले बताए । त्यसपछि हिंसाले उग्ररुप लिन थाल्यो ।

पूर्वी जेरुशेलममा मे ८ का दिन पनि लगातार दोस्रो रात भिडन्त भयो । दमासकस गेटमा प्रहरी र प्रदशर्नकारीबिच भिडन्त भयो । १ सय २० भन्दा बढी प्यालेस्टाइनी र १७ इजरायली प्रहरी घाइते भए । इजरायलको सर्वोच्च अदालतले ९ मे मा शेख जर्रा केसको सुनुवाई रोक्यो । शेख जर्रामा प्यालेस्टाइनीहरुको पनि बसोबास छ । सो दिन शेख जर्रा र दमासकससहितका क्षेत्रमा हिंसा भयो ।

मे १० का दिन बिहानै अल–अक्सा मस्जिदको परिषरमा प्रहरी र प्यालेस्टाइनीबिच भिडन्त भयो । दिनभर चलेको हिंसामा सयौं घाइते भए । समासले इजरायललाई अल्टिमेट दियो सैनिक फिर्ता लैजानका लागि । तर त्यसो नभएपछि वर्षौंपछि जेरुशेलममा रकेट प्रहार भयो । इजरायली प्रधानमन्त्री नेतन्याहूले रेड लाइन क्रस भएको भन्दै हवाई आक्रमणको आदेश दिए । तीन हमास लडाकुको ज्यान गयो । त्यसयता रकेट प्रहार तथा हवाई आक्रमणको शिलशिला जारी छ । एकहप्ता अघि अथौत् गत सोमबार यता गाजामा कम्तिमा १ सय ४८ तथा इजरायलमा १० जनाको ज्यान गएको छ । सन् २०१४ यता दुई पक्षबीच यो पहिलो पटक भएको सङ्घर्ष हो । अन्ततः यसले युद्धको अवस्था नित्याएको छ ।