इजरायल र प्यालेस्टाइबिच हिंसात्मक गतिविधि चर्किंदै गएको छ । अन्तर्राष्ट्रिय समूदायले दुवै पक्षलाई हिंसा त्यागेर वार्तामा बस्न पटक पटक आग्रह गर्दै आएका छन् । दुई पक्षबीच चर्किंदो हिंसालाई कम गर्ने प्रयास लागि अमेरिकी प्रतिनिधि तेल अविव पुगेका छन् । अमेरिकी प्रतिनिधि हादी आम्र तनाव कम गर्न दुवै पक्षलाई मनाउनका लागि तेल अविव पुगेका हुन् । उनले इजरायल, प्यालेस्टाइन र संयुक्त राष्ट्रसंघका अधिकारीसँग वार्ता गर्ने छन् ।

आज शनिबार बिहानै इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेको थियो । उक्त आक्रमको प्रतिकार गर्दै प्यालेस्टाइनी बिद्रोहीले इजरायलतर्फ रकेट प्रहार गरेका छ । अविवमा विगत पाँच दिनदेखि निरन्तर हिंसा जारी छ । पछिल्लो केही वर्षयता सो क्षेत्रमा भएको यो सबैभन्दा गम्भीर हिंसा मानिएको छ ।

पूर्वी जेरुशेलममा जारी इजरायल–प्यालेस्टाइनबीच तनाव थियो । त्यसपछि सोमबारदेखि हिंसात्मक गतिविधि सुरु भएको हो । मुस्लिम तथा यहुदीहरुको धार्मिक स्थलमा भएको तनावपछि हिंसा सुरु भएको हो । गाजामा शासन गर्दै आएको इस्लामिक समूह हमासले रेकट आक्रमण गर्न थालेको पछि इजरायली सेनाले पनि हवाई आक्रमण गरे र भिडन्त सुरु भएयता गाजामा कम्तिमा १ सय २६ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै इजरायलमा भने ८ जनाको ज्यान गएको छ ।

वेष्ट ब्यांकका विभिन्न शहर तथा बजारहरुमा शुक्रबार आक्रोशित भिडले प्रदर्शन गरेको थियो । अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न दुवै पक्षसँग अपिल गर्दै आएका छन् ।