काठमाडौं– देश कोरोना भाइसर सङ्क्रमणमा परेको नेपाल वायुसेवा सेवा निगमको जहाज आज अक्सिजन ल्याउन मस्कट जाँदैछ । ओमनस्थित गैर आवासीय नेपाली संघ र नेपाली दूतावासको समन्वयमा अक्सिजनको व्यवस्था गरिए पछि निगमको जहाज अक्सिजन लिन जान लागेको हो ।
यतिबेला देशमा अक्सिजनको अभावमा कोरोना भाइसर सङ्क्रमणको कारण धेरै नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ । अक्सिजन सिलिन्डर लिन शनिबार विमान मस्कट जाँदैछ । निगमको हजारले ६ सय थान अक्सिजन सहितको सिलिण्डर लिएर आउने छ ।
यसैगरी छिमेकी मित्रराष्ट चीनको बेइजिङबाट पनि ४ सय थान अक्सिजन कन्सर्नटेटर, ४ सथ थान सिलिण्डर र चिकित्सकीय अन्य सामग्री ल्याउनका लागि नेपाल वायु सेवा निगम विमान जाने भएको छ ।