काठमाडौं – अभिनेता भुवन केसीले निर्माण तयारी गरेको फिल्म ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको कोरोनाका कारण भारतको मुम्बईमा निधन भएकोे छ । हो । अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत सुबोधको निधनको खबर बाहिर ल्याएका हुन् । ‘एक धेरै दुःखद समाचार साच्चै म अझै स्तब्ध छु’ अनमोलले अगाडि लेखेका छन् ‘मेरो आगामी प्रोजेक्ट ‘माइती घर २’ का निर्देशक सुबोध चोपडा अब हामीसँग हुनुहुन्न् । म अझै पनि तपाईको खुशी र जीनियश दिमाग सम्झन्छु ।’
सुपर काजल फिल्मसको ब्यानरमा निर्माण हुन लागेको ‘माइती घर २’ लाई चोपडाले निर्देशन गर्ने घोषणा गत महिना मात्र भएको थियो । सुबोधले ‘मर्डर’, ‘रोग’ ‘तुमसा नहीँ देखा’ जस्ता फिल्म लेखिसकेका छन् । ‘माइती घर २’ भुवनले २०२३ सालमा रिलिज भएको फिल्म ‘माइती घर’ सिक्वेलको रुपमा निर्माण गर्न लागेका हुन् ।