काठमाडौं – पर्साको वीरगञ्जमा निषेधाज्ञा उल्लङ्घन गर्ने ५ जनालाई प्रहरीले मुद्दा चलाएको छ । पर्सा जिल्लामा जेठ ६ सम्म लागू हुनेगरी प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० घर भएका साहेव शेख, पोखरियाका हनिफ हुसेन, विन्दवासिनीका भोलाप्रसाद शाह, वीरगञ्जका मोहम्मद असरफ राइन र भारतीय नागरिक मुन्ना शाह छन् ।
उनीहरुमाथि निषेधाज्ञा उल्लङ्घन र प्रहरीको काम कारवाहीमा अवरोध गरेको आरोप छ । आरोपित विरुद्ध सार्वजनिक हित विरुद्धको अपराध र सङ्क्रामक रोग ऐन–२०२० अनुसारको कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।