काठमाडौं– जापान सरकारले पछिल्लो १४ दिनमा नेपालसहित भारत र पाकिस्तानमध्ये कुनैपनि देशमा बसेका व्यक्तिलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । जापानको स्थायी बसोबास भएकाले समेत प्रवेश नपाउने भएका छन् । जापान सरकारले भोली शुक्रबारदेखि  अर्को सुचना जारी नहुँदासम्म लागु हुने जनाएको छ ।
भारतसहित नेपालमा कोरोना सङ्क्रमणदर उच्च रहेपछि विश्वका धेरै देशले प्रतिबन्ध लगाइसकेका छन् । त्यसो त नेपालले पनि बैशाख २३ गते रातीबाट अन्तर्राष्ट्रिय उडानमा रोक लगाइसकेको छ । जापानका लागि नेपालबाट नेपाल बायु सेवा निगमले सोझै उडान गर्दै आएको छ । आगामी जुलाईमा ओलम्पिक आयोजनामा दृढ देखिएको जापानले कोरोना सङ्क्रमणलाई रोक्न हरसम्भव प्रयास गरिरहेको छ ।