काठमाडौं – कोभिड–१९ नयाँ भेरियन्टको सङ्क्रमणबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको निधन भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबी ठिमीमा कार्यरत थिए । गत बैशाख १८ गते बाट महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार गराइरहेका पुरीको आज बिहीबार बिहान निधन भएको अपराध महाशाखाका एसएसपी चन्द्रकवेर खापुङले जानकारी दिएका छन् । अपराध महाशाखामा आउनुअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए ।