झापा– झापामा आज बिहान जङ्गली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्युभएको खबर छ । झापास्थित कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको बिहान हिंडिरहको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो । आज बिहान ५ बजे रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलको भित्री सडकमा जङ्गली हात्तीले आक्रमण गरेको र उनको घटनास्थलमा नै निधन भएको हो ।
झापास्थित जिल्ला प्रहरी कार्यालयका अनुसार जीतबहादुर खोयाङ मर्निङवाकमा हिंडिरहको बखत २१ नम्बर बाहिनी अड्डाको पश्चिमतर्फको जङ्गलेमा हात्तीले आक्रमण गरेको थियो । झापा वर्षेनी जङ्गली हात्तीले मानिसमाथि आक्रमण गर्ने, ज्यान मार्ने, बालीनाली नस्ट गर्नुको साथै भौतिक संरचनामा पनि क्षति पु¥याउँदै आएको छ ।