काठमाडौं – निषेधाज्ञाका बीच पनि सेवा सञ्चालन गरिरहेका सहकारी सङ्घ, संस्थाहरुलाई अत्यावश्यक बाहेकका सबै सेवाहरु तत्काल स्थगित गर्न सहकारी विभागले देशव्यापी अपिल गरेको छ ।  कोरोना भाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरले मुलुकलाई आक्रान्त पार्दै लगेपछि विभागले अवस्था सहज नभएसम्मका लागि सहकारीलाई नियमित सेवा स्थगन गर्न आग्रह गरेको हो ।
विभागले आज बुधबार एक सूचना जारी गर्दै मुलुकभरीका सहकारी सङ्घ संस्थालाई ‘अत्यन्त जरुरी र अत्यावश्यक कार्यहरु तथा सेवाहरु मात्र अत्यन्त कम जनशक्तिबाट स्थानीय प्रशासनसँगको पूर्ण समन्वयमा सञ्चालन गर्न’ र बाँकी सेवाहरु बन्द गर्न आग्रह गरेको हो ।