कर्णाली – कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिनु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले आज बुधबार पदबाट राजीनामा दिएको नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिनु भएको छ ।
राजीनामा दिनेमा माओवादी केन्द्रका मन्त्रीहरु हुनुहुन्छ । राजीनामा दिनुको कारण भने खुलाइएको छैन । रिक्त स्थानमा आजै नयाँ मन्त्री नियुक्तिको तयारी भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । गत वैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गर्नु भएको थियो । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लङ्घन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको थियो ।