काठमाडौं– नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज बुधबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने स्थिर छ । हिजो मङ्गलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ ।
चाँदीको मूल्य भने प्रतितोला एक हजार ३ सय ४५ रुपैयाँमा स्थिर छ । देशका अधिकांश सहरमा निषेधाज्ञा भएका कारण सुनको कारोबार भने ठप्प रहेको महासङ्घले जनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सामान्य अवस्थामा देशभर दैनिक ३५ किलो सुनको कारोबार हुने गर्दथ्यो ।