उदयपुर– देशमा कोरोना भाइरस सङ्क्रमणको महामारी फैलिएको भन्दै उदयपुरस्थित कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले आफ्नो तीन महिनाको तलब सेवासुविधाको रकम कोरोना कोषमा जम्मा गर्ने हुनुभएको छ । यसरी आफुले पाउने तलब सेवासुविधा उक्त कोषमा जम्मा गर्ने उहाँ जिल्लाकै पहिलो जनप्रतिनिधि समेत हुनुहुन्छ ।
कोरोना महामारीको दोस्रो लरहले यतिबेला नागरिकहरु आकुल व्याकुल भएको अवस्थामा सबै जनप्रतिनिधिहरु मन फुकाएर यसरी सेवा गर्ने हो भने सङ्क्रमितहरुले समयमै उपचार पाएर अकालमा ज्यान गुमाउनु पर्ने थिएन । यस्तो महामारीको समयमा जो जसले जति सक्छ, सङ्क्रमितहरुको उपचारका लागि सहयोग गर्नु मानवीय धर्म भएको भन्दै नगर प्रमुख श्रेष्ठ कटारी नगरपालिकाले पनि कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि प्रयाय गरिरहेको बताउनु भएको छ ।