जेरुसेलम– इजरायली शहर तेल अविवमा भिषण आक्रमण भएको छ । तेल अविवमा प्यालेस्टाइनी बिद्रोहीले १ सय ३० वटा मिसाइल आक्रमण गरेको प्यालेस्टाइनी बिद्रोहीले बताएका छन् । गाजापट्टीमा रहेको १३ तले भवनमा इजरायलले गरेको हवाई आक्रमणका कारण ध्वस्त भएको छ । त्यहाँका बासिन्दालाई बाहिर निस्कन भनिएको डेढ घण्टा भित्रै हवाई आक्रमण भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । त्यहाँ गरेकोसमाचारमाध्यमहरुले जनाएका छन् ।


इजरायली सेनाले भने रकेट आक्रमणको जवाफमा गाजामा रहेका बिद्रोहीलाई निशाना बनाएको बताएको छ । त्यहाँ भएको पछिल्लो हिंसामा कम्तिमा ३१ जनाको ज्यान जाँदा इजलायल तर्फ तीन तथा प्यालेस्टाइन तर्फ कम्तिमा २८ जनाको ज्यान गएको रोयटर्सले उधृत गरेको छ । जेरुसेलममा भएको हिंसाको घटनापछि त्यसले उग्र रुप लिएको छ । यसअघि नै बिद्रोहीहरुले जेरुसेलमसहितका क्षेत्रमा सयौं रकेटहरु गरिसकेका छन् । अन्तर्राष्ट्रिय समुदायले तनाव कम गरी हिंसा अन्त्यका लागि अपिल गरेका छन् ।