काठमाडौं – हप्ताको तेस्रो दिन आज मङ्गलबार अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा सेयर बजार हरियाली देखिएको छ । नेप्से परिसूचक २७ दशमलव ४७ अङ्कले बढेर २ हजार ६ सय ७३ दशमलव ३१ अङ्कमा प्रवेश गरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १२ अङ्कले बढेको छ ।
कारोबार रकम पनि करिब ६ अर्ब रुपैयाँ पुगेको छ । दिनभर भएका ६२ हजार ६ सय ५९ कारोबारबाट २ सय २० कम्पनीका १ करोड ८ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार रुपैयाँ पुगेको हो । नेप्सेमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरु बढेर हरियो देखिएका छन् । सबैभन्दा धेरै व्यापार समूहको इन्डेक्स ५ दशमलव ७९ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूहको सबइन्डेक्स २ प्रतिशतले वृद्धि भएको छ ।