काठमाडौं – बर्दियामा अस्पतालबाट डिस्चार्ज भएकै राति एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बर्दियाका कोरोना फोकल पर्सन का अनुसार राजापुर–४ का ५५ वर्षीय पुरुषको अस्पतालबाट डिस्चार्ज भएकै राति मृत्यु भएको हो । वैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा उनीमा सङ्क्रमण देखिएको थियो । सङ्क्रमण पुष्टि भएसँगै बाँकेको भेरी अस्पतालमा वैशाख २१ गते उनलाई भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि भेरी अस्पतालले वैशाख २७ गतेमात्रै होम आइसोलेसनमा बस्ने गरी उनलाई डिस्चार्ज गरेको थियो ।