काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो सोमबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बढेर आज मङ्गलबार ९२ हजार तीन सय रुपैयाँ कायम भएकोे छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ छ । हिजो तेजाबी सुनको कारोबार मूल्य ९१ हजार ५ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।