काठमाडौं – उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ)को बैठक जारी छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जारी बैठकले उपत्यकामा जारी निषेधाज्ञा थप्नेबारे निर्णय गर्ने बताइएको छ । बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी हुनुहुन्छ ।
 कोरोना सङ्क्रमणका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद निरौला बैठकमा सहभागी हुनु भएको छैन । वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा भोली वैशाख २९ सम्म थपिएको थियो । उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्नेबारे छलफल भएको छ । गृहमन्त्रालयका सचिवसँग पनि छलफल गरेर निषेधाज्ञाबारे निर्णय गरिने बताइएको छ ।