काठमाडौं – कोरोना भाइरस सङ्क्रमितका लागि औषधिका रूपमा प्रयोग हुँदै आइरहेको ‘रेम्डिसिभिर’ आवश्यक पर्ने व्यक्तिलाई चिकित्सकको प्रेस्क्रिप्सन चाहिने भएको छ । औषधि व्यवस्था विभागले सूचना जारी गर्दै अस्पतालले गुगल फर्ममा आवश्यक जानकारी भरेर बिरामीको पूर्ण विवरणसहितको कागजात लिएर मात्र औषधि ‘रेम्डिसिभिर’ उपलब्ध हुने जनाएको हो । बिरामीको पूर्ण विवरणसहितको सिफारिस लिएर जाने व्यक्तिको परिचयपत्र अनिवार्य हुनुपर्ने समेत विभागले सूचनामा उल्लेख गरेको छ । औषधि आवश्यक परेको खण्डमा चिकित्सकको प्रेस्क्रिप्सनसहित सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।