रामेछाप – रामेछापको वेथानस्थित कुशेश्वर उच्च माविका पूर्व प्रधानाध्यापक बद्री कुमार खड्काको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । लामो समय शिक्षण पेशामा संलग्न खड्का अवकाशपछि सुनपती गाउँपालिका–५ स्थित डाँसेमा रहेको घरमा बस्दै आउनु भएको थियो ।
     केही दिनअघि काठमाडौंमा विवाहमा सहभागी हुँदा उहाँलाई कोरोना सङ्क्रमण भएको थियो । सङ्क्रमणपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । आज सोमबार काठमाडौंको सुकेधारास्थित फेमिली कम्युनिटी अस्पतालमा उहाँको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।