काठमाडौं – चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि बन्द भएको छ । ‘कोभिड–१९ का कारण सिर्जना भएको यो स्थितिका बीच हामी तपाईंहरू माझ कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड पस्किन असमर्थ छौं’ आयोजकले आफ्नो आधिकारिक पेजमा लेखेको छ ‘अहिलेलाई हाम्रो छायाँंङ्कन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चाँडो नयाँ ऊर्जा सहित आउने नै छौं ।’आयोजकले सबैलाई सुरक्षित बस्न र आफु र आफन्तको ख्याल राख्न अनुरोध गरेको छ । कोभिड–१९ को दोस्रो नयाँ भेरियन्टले सिर्जना भएको असहज परिस्थितीले नयाँ भाग छायाँङ्कन असम्भव भएपनि शो अहिलेलाई बन्द गरिएको आयोजकले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ ।