काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत हप्तादेखि निरन्तर उकालो लागेको सुनको मूल्य आज सोमबार प्रति तोला २ सय रुपैयाँले वृद्धि हुँदा नेपाली बजारमा सुनको मूल्य अधिकतम ९२ हजार रुपैयाँ कारोबार भएको छ । त्यसैगरी आज तेजाबी सुनको मुल्य प्रति तोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।    
गत शुक्रबार प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १ सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज सोमबार २ सय रुपैयाँले वृद्धि भएको हो । यता, चाँदीको मूल्य आइतबारको तुलनामा आज सोमबार अधिकतम १५ रुपैयाँले वृद्धि भएको छ । महासङ्घका अनुसार गत आइतबार प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रति तोला १५ रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।